काठमाडौंको बाँसबारीमा वर्षातका कारण एउटा साढे दुईतले घर भासिएको छ।
काठमाडौं महानगरपालिका–३ बाँसबारीमा रहेको उक्त घर बिहीबार बेलुकी करिब ८ बजे भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार निरन्तर वर्षातका कारण घर भासिएको हो। उक्त घरमा यसअघि न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा रहेको थियो।
हाल घरमा कोही पनि नरहेकाले घटनामा मानवीय क्षति नभएको महानगरपालिकाले जनाएको छ।
घर भासिएपछि आसपासको क्षेत्रमा सतर्कता अपनाइएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको छ।














