आर्या फार्माल्यावद्वारा भोटेकोशी बाढी पीडितका लागि  ८२ लाख बढीको औषधि सहयोग

Image

आर्या फार्माल्यावले बाढीबाट प्रभावित नागरिकको लागि ८२ लाख बढीको औषधि सहयोग गरेको छ । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि सहयोग गरेको हो।

कम्पनीका अनुसार बाढी तथा विपद्प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले रु। ८२ लाख ५१ हजार ७५० बराबरका आवश्यक औषधि उपलब्ध गराइएको हो।

विपद्का कारण स्वास्थ्य सेवा प्रभावित भएका क्षेत्रमा आवश्यक औषधिको अभाव हुन नदिन गरिएको सहयोगले प्रभावित समुदायलाई स्वास्थ्य उपचारमा महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले जनाएको छ।

आर्या फार्माल्यावले प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि थप सहयोग आवश्यक परेमा आवश्यक उपकरण तथा औषधिसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले राहत तथा पुनर्स्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।