विपत्तिले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री

Image

 प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपत्ति र चुनौतीहरू आउँदा त्यसले धैर्य र कर्मको परीक्षा लिने बताएका छन्। श्रीकृष्ण जन्माष्टमीको पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जालमा उनले भने, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस्स हार्दिक शुभकामना।’