गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

Image

गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २० करोड ४२ लाख ६९ हजार ६७३.४४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २० औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।