हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ताँजाकोट–४, गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल छन् ।
यही भदौ ७ गते राति करिब १ बजे ताँजाकोट–३, टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । अनुसन्धानका क्रममा घटनामा उनीहरू दुईजनाको संलग्नता देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।














