धनकुटाबाट एक हजार २४० किलो गाँजासहित ट्रक बरामद गरिएको छ । साँगुरीगढी गाउँपालिका ७ फेदीबाट एक हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको हो ।
कोसी लोकमार्गमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई जाँचका लागि रोक्ने क्रममा चालक फरार भएका प्रहरीले बताएको छ ।
ट्रक शंकास्पद लागेपछि चेक गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा लागूऔषध गाँजा फेला परेको हो ।














