अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आफ्नो देशमा आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि तुरुन्त अन्त्य हुने सम्भावना रहेको दाबी गरेका छन्।
ट्रम्पले बिहीबार एक मिडिया ब्रिफिङमा अब इरान युद्ध धान्न सक्ने स्थितिमा नरहेको दाबी गर्दै अमेरिकामा हुने मध्यावधि चुनावपछि युद्ध अन्त्य हुने सम्भावना रहेको जिकिर गरेका हुन्।
ट्रम्पले भने, ‘मलाई लाग्छ- चुनावपछि तुरुन्तै युद्ध समाप्त हुनेछ, किनभने उनीहरू (इरान) धेरै समय टिक्न सक्दैनन्।’ डोनाल्ड ट्रम्पको यो भनाइ टेक्सासमा रिपब्लिकन पार्टीको पहिलो मध्यावधि सम्मेलनको ठिकअगाडि आएको हो।
यस कार्यक्रममार्फत ट्रम्पले नोभेम्बरको मध्यावधि चुनावअघि पार्टी नेताहरूलाई एकताबद्ध गर्ने र उनीहरूमा चुनावी उत्साह जगाउने लक्ष्य राखेका छन्।
इरानसँगको युद्धबारे ट्रम्पविरुद्ध उनको आफ्नै रिपब्लिकन पार्टी भित्र पनि दबाब बढ्दै गएको छ। साथै युद्धका बिचमा विभिन्न सर्वेक्षणले उनको लोकप्रियता पनि घट्दै गइरहेको देखाएका छन्।














