प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Image

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय हुनेछन्।

विशेषगरी भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुपर्ने तथा पुनःस्थापनाका लागि आवश्यक कदम चाल्नुपर्ने अवस्थाबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बैठकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।