तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो सुन

Image

बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।