प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

Image

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 
 
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने  सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक दिउँसो १ बजे बस्नेछ ।