तीजको दिन घट्यो सुनचाँदीको भाउ

Image

आज सुनचाँदीकै भाउ घटेको छ। 

हिजो तोलामा १ हजार २ सय रुपैयाँ बढेको सुनको भाउ आज १ हजार २ सय नै घटेर ३ लाख १ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गएको शुक्रबार तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ हिजो बढेर ३ लाख २ हजार दुईसय रुपैयाँ पुगेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।