पर्सामा नौ किलो चरेससहित भारतीय नागरिक पक्राउ

Image

पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५०० ग्राम चरेशसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने अन्दाजी २० वर्षीय सन्दीप चौधरीलाई चरेशसहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो । मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाई लुकाइछिपाई लैजाँदै गरेको २१ वटा पोकामा रहेको चरेश बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद चरेश तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ ।