सुनको मूल्य तोलामा १७ सयले बढ्यो

Image

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बुधबार तोलामा एक हजार ७०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

योसँगै सुनको मूल्य तोलामा तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख १०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य तोलामा चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।