बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ आज बढेको छ।
सुनको मूल्य आज तोलामा ३ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ३ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ५ सय थियो। त्यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ५० रुपैयाँ बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ। हिजो तोलामा ६० रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ४ हजार ६ सय २५ रुपैयाँमा झरेको थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।













