माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव भेटिएका छन् ।। शुक्रबार बिहान ६ वटा शव निकालिएकोमा दिउँसो थप ७ वटा शव भेटिएको नेपाली सेनाले जानकारी दिएको छ।
ती सबै शव टनेल बाहिर निकालिएको छ। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी कार्य गरिरहेको छ।
अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्। यो आयोजनामा बाढीपछि ४९२ जना सम्पर्कविहीन छन्। यहाँ एक हजार ४३३ जना कार्यरत थिए। कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो।
यस्तै त्रिशूली ३ ए र ३ बी को टनेल र पावर हाउसमा पनि खोजि कार्य भइरहेको छ।














