ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छ: सांसद प्रसाई

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताएका छन्।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले भोगिरहेको ग्यास तथा चिनीको अभाव र महँगी अन्त्य गर्न सरकारले ‘दया र दण्ड’ को नीति लिनुपर्ने बताए। 

सांसद प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न राष्ट्र संघीय महासभाको भ्रमणप्रति उच्च आशा व्यक्त गरे। उनले प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमालयमा पारेको असर र त्यसबाट नेपालीले भोग्नुपरेको पीडालाई विश्वमञ्चमा कुटनीतिक मर्यादाका साथ प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरे। 

आत्मदाहका घटनाबारे बोल्दै उनले यस्ता विषयलाई सञ्चारमाध्यमले अत्याधिक प्राथमिकता दिँदा समाजमा नकारात्मक उत्तेजना उत्पन्न हुने भन्दै चिन्ता प्रकट गरे।

पछिल्लो समय मानिसहरूमा बढ्दो एकाकीपन र मनोसामाजिक समस्या समाधानका लागि सञ्चारक्षेत्र र राज्य दुवै संवेदनशील हुनुपर्ने उनको भनाइ छ।