पाँचथरबाट विभिन्न हतियारसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका–१ यासोक बजार स्थित पाँचथर फिदिम नगर पालिका–६ सिवा बस्ने वर्ष ३२ को सुसन तुम्रोक हतियारसहित पक्राउ परेका हुन्।
उनले धारिलो हतियार खुकुरी देखाई धाक धम्कि दिई रहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई फेला पारी नियन्त्रणमा लिएको थियो।
निजको शरीर खानतलासी गर्दा दाप सहितको धारिलो हतियार खुकुरी थान २, ईन्सास राईफलको लाईभ राउण्ड थान १ र बारुद जस्तो देखिने पदार्थ २७.७१ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तुम्रोकविरुद्ध जिल्ला अदालत फिदिम पाँचथरबाट खरखजाना तथा बिष्फोटक पदार्थ कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।














