नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकसँग एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ।
मंगलबार बसेको नेकपको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। वार्ता समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन्।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, वार्ता समितिलाई एकतका लागि विचार मिल्ने गणतन्त्रवादी दल र समूहसँग पहल गर्ने जिम्मेवारी दिइएको छ। ‘एउटै कम्युनिस्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुनेछ,’ ज्वालाले भने।














