इन्द्रजात्राको अवसरमा हनुमानढोकामा एक्स्ट्रिम र द लोकलको सांस्कृतिक कार्यक्रम

Image

काठमाडौं उपत्यकाको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।

नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्वबारे प्रकाश पारिएको थियो। साथै, युवापुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गर्ने गतिविधिसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप उजागर गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक गतिविधि आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो।

एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ।

आयोजकका अनुसार इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक पर्वमार्फत नयाँ पुस्तालाई नेपालको कला, संस्कृति र परम्परासँग परिचित गराउँदै यसको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।