तिनाउ नदीमा बाढी, सतर्कता तह पार

Image

तिनहुँ नदीमा बाढी आएको छ । शुक्रबार (असोज ९) बिहान ११ः३० बजे बुटवल जलमापन केन्द्रमा तिनाउको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी बढ्दो क्रममा छ । आइतबार (असोज ११) बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“असोज ०९, बिहान ११ः३० बजे । तिनाउं नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार रहेको र बाढी बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले पर्सि बिहानसम्म उच्च सतर्कता अपनाइराखौँ,” महाशाखाले भनेको छ ।