वर्षा कम भए पनि पहिरोको जोखिम कायमै, सडक खुलाउन २५० उपकरण तैनाथ

Image

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहेको बताएको छ । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भन्दै सतर्कता अपनाउन आग्रह गरिन् ।  हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो अबको जोखिम रहेको उनको भनाइ छ । ”अहिले नै जोखिम समाप्त भएको छैन ।  बाढीकै समय अझै बढ्ने देखिन्छ ।अब घामै लाग्यो भने पनि भोलि–पर्सितिर पनि पहिरो जाने सम्भावना रहन्छ । धेरै ठाउँका भित्री सडकहरू  पहिरोले अवरुद्ध छन्,” उनले भनिन् । 

 हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा तैनाथ राखिएको उनले बताइन् ।

वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तीव्रता दिने उनको भनाइ छ ।  कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उनले बताइन् । 

आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा कायमै रहेको छ ।