स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो ।













