राजनीतिप्रति जनताको वितृष्णामा सुधार भएन, मान्छे फेरेर मात्रै नहुने रहेछ : राजेन्द्र लिङ्देन

Image

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार गठनपछि पनि राजनीतिप्रति जनताको वितृष्णामा सुधार नभएको बताएका छन् ।

खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

”पात्र फेरेर मात्रै अवस्थामा सुधार नआउने रहेछ । राजनीतिप्रति वितृष्णा अझै पनि उस्तै छ,” उनले भने,” योबीचमा पात्र परिवर्तन त भयो तर परिस्थितिमा परिवर्तन भएन ।”

समस्या पात्रमा मात्रै नभएर प्रवृत्ति र प्रणालीमा पनि रहेको उनले बताए । अध्यक्ष लिङ्देनले निषेधको राजनीतिलाई अन्त्य गर्दै नवीन समझदारीमा अघि बढ्न उनले अपिल गरे । ”संविधानको रक्षा, जेनजी पुस्ताको भावनाको सम्बोधन र विगतका आन्दोलनका उपलब्धिलाई सुधार गर्दै नयाँ समझदारीमा अघि बढौँ,” उनले भने ।

मुलुकमा राजनीतिक सुधारका लागि दलहरूबीच वृहत् सहकार्यको आवश्यकता रहेको उनले बताए ।