नेकपा एमालेले स्थायी कमिटी बैठकको मिति तय गरेको छ। एमाले सचिवालयका अनुसार स्थायी कमिटीको बैठक आगामी असोज २२ गते बस्ने भएको हो।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय गरिएको छ।बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।













