पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन

Image
दुर्घटना ePsf] स्कुलsf] बस कास्की,२३ असाेhM पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आpg] qmddf कालिकास्थित ओख्लेको eLरमा शुक्रबार laxfg b'3{6gf ePsf] कालिका बोर्डिङकाे बस । घटनास्थलबाट १९ जनाकाे उद्दार गरिएकाे छ। तस्बिरM कृष्ण दवाडी÷रासस

पोखरा महानगरपालिका-२८, माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। 

शुक्रबार बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए। घटनालगत्तै उद्धार कार्य सुरु गरिए पनि पाँच जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले बताए। 

दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन्। 

समितिलाई पाँच दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। 

घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले घाइतेको उपचारमा कुनै कसर बाँकी नराखिने बताए। ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो,’ उनले भने, ‘छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ।’

यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भए पनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ। विद्यालयका बसमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्डको पालना भए-नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताए।