भारतको कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीसँग जोडिएको हरियाणा राज्यको गुरुग्राम सहरबाट प्रहरीले शनिबार बिहान युट्युबर ध्रुवलाई पक्राउ गरेको हो ।
उनलाई गुरुग्रामको सेक्टर–५६ बाट हिरासतमा लिइएको बीबीसीले जनाएको छ । शुक्रबार बेलुकी ध्रुवले सामाजिक सञ्जालमा इन्डिया गेटनजिकै घुम्दै गरेको भिडियो राखेका थिए । ‘म दिल्ली आइसकेको छु । प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशन बन्द गरेको मैले पाएँ,’ उनले भिडियोमा भनेका थिए, ‘कयौं ट्रेन र बस रद्द गरिएको छ । प्रदर्शनका कारण दिल्लीलाई लकडाउन गरिँदैछ ।’
बीबीसीका अनुसार दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुन जुट्दै गरेका कयौं प्रदर्शनकारीलाई हिरासतमा लिएको छ ।














