लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले ब्याटिङ गर्ने

Image

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध सुरुआती ब्याटिङ गर्ने भएको छ । 

सोमबार लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जित्दै  सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए । 

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छ । 
 
लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । गत सिजन टोलीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसैले टोली यस सिजन उपाधि रक्षा गर्ने लक्ष्यमा छ । तर, टोलीले दुई संस्करण खेलिसक्दा पनि समूह चरणमा सुदूरपश्चिमलाई हराउन सकेको छैन । 

यता, सुदूरपश्चिम भने दुवै संस्करणको उपविजेता हो । गत सिजनसँगै टोलीले पहिलो सिजनमा फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार व्यहोरेको थियो । त्यसैले यस संस्करण उक्त पीडा भुलाउँदै उपाधि जित्ने दाउमा छ ।