दुवै ओपनरले आक्रामक सुरुवात गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु जितका लागि १७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल तयार पारेको हो।
ओपनर सैफ जैव र विनोद भण्डारीले ७.३ ओभरमा ६८ रनको साझेदारी गदै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २२ बलमा २ चौका र २ छक्का सहयोगमा २७ रन बनाएका ओपनर भण्डारी रन आउट भए।
अर्का ओपनर सैफ जैव २४ बलमा ४ चौका र १ छक्का सहयोगमा ३५ रन बनाउँदा सूर्य तामाङको बलमा बोल्ड आउट भए।














