अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोको बिदाइ, नोभेम्बरपछि राष्ट्रिय टोलीमा नदेखिने

Image

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै ४१ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने बताएका हुन् ।

रोनाल्डोले आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगलको राष्ट्रिय टोलीको सात नम्बर जर्सी हस्तान्तरण गर्ने बताएका छन् ।

म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट खेल्दै ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोले पोर्चुगललाई युरो कप र नेसन्स लिगको उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनको सन्न्यासको घोषणा पोर्चुगल फुटबल महासंघले अनुशासनात्मक कारबाही गरेको दुई सातापछि आएको हो । राष्ट्रिय टोलीको क्याम्प छाडेर गएको घटनामा महासंघले उनलाई २८५ अमेरिकी डलर जरिवाना गर्नुका साथै ३० दिनका लागि राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

एसोसिएटेड प्रेसका अनुसार रोनाल्डोको निलम्बन अक्टोबर १ देखि लागू भएको थियो । उक्त दिन पोर्चुगलले डेनमार्कसँग खेलेको थियो । निलम्बन अवधिका १९ दिन बितिसकेकाले उनी नोभेम्बर १४ मा डेनमार्कविरुद्ध हुने पोर्चुगलको अर्को नेसन्स लिग खेलका लागि उपलब्ध हुन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो पोर्चुगलका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । उनको सन्न्यासको घोषणासँगै पोर्चुगलको राष्ट्रिय टोलीमा उनको सात नम्बर जर्सीको उत्तराधिकारी को हुने भन्ने चासोसमेत बढेको छ ।