एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

Image

 तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।

जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी तीनमा जित र एकमा अंक बाडेसँगै ७ अंकसहित शीर्षस्थानमा रहेको छ । यस्तै, दुईमा जित र एकमा हार बेहोरेर ४ अंक जोडेको काठमाडौँ चौथो स्थानमा छ ।

यसअघिका एनपीएल संस्करणमा लुम्बिनी र काठमाडौँबीच तीन खेल भएका छन् । तीमध्ये लुम्बिनीले एक खेल जित्दा काठमाडौँले दुई खेल जितेको छ ।