एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

Image
एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।

५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ । सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुन्छन् । चितवन भने अंक तालिकाको पाँचौं स्थानमा छ । उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । ६ खेलमा ४ खेल हार्दा मात्रा २ खेल जितेको छ ।