नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम भोलि बिहान ८ बजेदेखि हुने भएको छ ।
सोमबारदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा असोज ११ गते बिहान ११ बजेदेखि मतदान हुने भएको हो । निर्वाचन कार्यक्रम केन्द्रीय कार्यालय च्यासलमा हुने एमालेले जनाएको छ ।
तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने भएको छ ।
त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भने असोज ११ गते बिहीबार बिहान ११ बजेबाट हुने भएको छ । अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् । अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।
बन्द सत्र सञ्चालनका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल रहेको छ ।
अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन् ।













