अभियन्ता ईःसँगै आजदेखि फुटपाथ व्यवसायी पनि आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय सभागृहमा व्यवसायीहरू पनि विभिन्न प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले ‘हाम्रो चिनारी क्रुरता कि करुणा ?’, ‘ठूला तस्करलाई चैन सानालाई मात्र कडा ऐन’, ‘ललितपुरले व्यवस्थापन गर्न सक्दा काठमाडौंले किन सक्दैन’ गरी खान देउ लगायतका विभिन्न पम्प्लेटहरु भिरेका छन् ।
मंगलबार करिब ३ घण्टा लामो काठमाडौं महानगर र ईः का प्रतिनिधिबीच वार्ता भए पनि त्यो वार्ता सफल हुन सकेन ।
काठमाडौं महानगरपालिका पहिले भएको सहमतिबाट पछि हटेपछि सामाजिक अभियन्ता ईः र उनका प्रतिनिधिसँगको वार्ता निष्कर्षविहीन भएको थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने लगायत माग ईःले राखेका छन् ।