तोलामा ११ सय रुपैयाँ घट्यो सुन

Image

तिहारयता सुनको भाउ ओरालो लागेको लाग्यै छ। 

तिहार बिदापछि शुक्रबार एकैचोटि तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार अरू घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज त्यसबाट पनि अझ तल गएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम गरिएको छ। तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

त्यसपछि एकैचोटि कात्तिक २७ गते कारोबार सुरु गरेको सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँ घटाएर २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको थियो।

त्यसयता सुनको मूल्य आजसम्म घटेको घट्यै छ।