जय शाह २०३० सम्म आईसीसीको अध्यक्ष चयन

Image

कार्यकाल सकिन एक वर्षअघि नै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जय शाहलाई सन् २०३० सम्मका निम्ति अध्यक्ष चयन गरेको ।

सन् २०२४ मा पहिलोपटक अध्यक्ष चुनिएका शाहको कार्यकाल आउँदो वर्ष सकिँदै थियो । सोमबार बसेको आईसीसी सञ्चालक समिति (बोर्ड अफ डायरेक्टर)को बैठकबाट उनलाई अध्यक्षतामा निरन्तरता दिने निर्णय गरिएको हो ।

इन्डोनोसियको बालीस्थित आईसीसी मुख्यालयमा सञ्चालक समितिको बैठक बसेको थियो । शाह २०२४ को अगस्टमा आईसीसीको अध्यक्ष नियुक्त भएका थिए । 

शाहले अध्यक्षतामा निरन्तरता पाएपछि सञ्चालक समितिप्रति धन्यवाद व्यक्त गरेका छन् । आफू जिम्मेवारीप्रति दृढ रहेको उनले बताएका छन् ।

शाहले खेलको दिगो विकासका निम्ति दर्शक, एथ्लिट, व्यावसायिक साझेदार र अरू सरोकारवाला निकायसँग पनि सम्बन्ध राम्रो बनाउनुपर्ने उल्लेख गरे । साथै, उनले सन् २०२८ मा अमेरिकाको लस एञ्जलसमा हुने समर ओलम्पिकमा स्थान बनाउँदै क्रिकेटले खेलको महाकुम्भ मानिने यो प्रतियोगितामा पुनरागमन गरेको बताए ।