आज पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना

हाल (शुक्रबार बिहान) पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस क्रममा देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि सम्भावना छ । 

यस्तै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोसी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।