शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।