बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा केही बढेको छ । बजार मापन गर्ने सूचक ५.८३ अंकले घटेर परिसूचक १८५८.५६ बिन्दुमा रोकिएको छ ।
२९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।
बैंकिङ समूहको ०.२४, विकास बैंक १३.८०, वित्त ६.१३, होटल ४७.८४, जलविद्युत ९.२४, जीवन बीमा ३८.९२, उत्पादन तथा प्रशोधन समूहको ४८.५४, माइक्रोफाइनान्स २४.४८, निर्जीबन बीमा समूहको उपसूचक ३५.५२ अंकले घटेको छ ।












