आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो

सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।

बेलायत सरकारले सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आज बिहान आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिए ।

बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आइपुग्ने डा. चौरासियाले बताए ।

नेपालले विभिन्न माधयेमबाट अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ ।