काठमाडौं । दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारको उद्घाटन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त केबलकारको उद्घाटन गरेका हुन् । कालिञ्चोक दर्शन लिमिटेडले उक्त केबलकार सञ्चालनमा ल्याएको हो ।
मन्दिर दर्शन गर्न र मन्दिर छेउमा निर्माण भएको केबलकारको उद्घाटन गर्न ओली आज कालिञ्चोक आइपुगेका छन् ।अध्यक्ष ओलीलाई कालिञ्चोक गाउँपालिकाले धार्मीक तथा सांस्कृतिक तरिकाले स्वागत गरेका थिए ।














