काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको छ।
जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा ७ बजेतिर विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड, शत्रुधन ठाकुरले सञ्चालन गरेको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनले बताए।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नभएको छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र पनि हेटौँडा गएका कारण स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।















