प्रधानन्यायाधीशविरुद्ध महाअभियोग सिफारिस समिति गठन, एमालेबाट चारजना (सूचीसहित)

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ । संसदको आइतबार बसेको बैठकले ११ सदस्यीय समिति बनाएको हो । आजको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा महाभियोग सिफारिस समिति बनाउने सहमति जुटेको थियो ।
सिफारिस समिति गठन भएपछि छुट्टै कार्यविधि बन्ने र त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने छ । दलहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव दर्ता गरेका थिए

महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह