रास्वपाको प्रस्ताव: २०४७ देखिको सबै कान्ड छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको बेलामा रास्वपाले सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग अघि सारेको हो ।

प्रतिनिधि सभाको बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले भने, “२०४७ साल पछिका बालुवाटारदेखि सबै कान्डको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र छाबिन समिति गठन गरौं न, एक व्यक्तिलाई टार्गेट किन ?” कांग्रेसप्रति टिप्पणी गर्दै वाग्लेले भने, “आरोपको भरमा कुनै व्यक्तिलाई खुइल्याउने हैन, ग्रान्ड पब्लिक इन्क्वाइरी गर्न आह्वान छ ।”

उनले सहकारी ठगीमा छानबिन भन्दा मान्छे पत्याउँछन् भन्ने कांग्रेसमा भ्रम रहेको बताए ।

“सहकारी ठगी भन्दा मान्छे पत्याउँछन् भन्ने उहाँहरूको भ्रम छ,” वाग्लेले भने, “हामी सिङ्गो राज्य ठगी गर्ने विरूद्ध छानबिन गर्नु्स् भनेका छौं ।”