नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य ह्वात्तै घटेको छ ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९१ पैसा थियो ।
आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा थियो ।















