सातामा दुई दिन बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । नेपाल सरकारले गत बैशाख १४ गते शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।उक्त निर्णय सम्झौता गृह मन्त्रालयले मंगलबार राजपत्रमा प्रकाशित गरेको हो ।
जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ। यस्तै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने कर्मचारीलाई सट्टा बिदा दिने व्यवस्था गर्नुपर्ने बताइएको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउनेछन् ।















