बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ माबि सैन्सु मतदान केन्द्रमा मतदान रोकिएको छ ।दुई पक्षबीच झडप हुँदा मतदान कार्य स्थगित भएको हो ।
यो केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको निर्वाचन अधिकृत विनोद खनालले बताए ।












