प्रतिनिधिसभामा एमालेका नेता डा. भिम रावलले एमसीसीको विषयमा प्रश्न उठाएका छन् ।गत मंगलबारदेखि जारी आर्थिक वर्ष २०७९–८० को बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै डा. रावलले व्याख्यात्मक टिप्पणीसहित बहुमत संसदले पारित गरिएको भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको विवादास्पद प्रावधान सच्याइएको प्रमाण खोइ पेश गरेको भनेर प्रश्न गरेका छन् ।
उनले भने, ‘एमसीए नेपालको कार्यालय सञ्चालनको जिम्मेवारी समेत रहेको अर्थमन्त्रालयका मन्त्रीले प्रारम्भमा नै शिर ठाडो गरेर एमसीसी सम्झौताका राष्ट्रिय हित विपरितका, स्वाधिनता र संविधान विपरितका प्रावधानहरु व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरिएको भनिएको थियो । उक्त विवादास्पद प्रावधानहरु हटाइएको प्रमाण सरकारले खै पेश गरेको ?’