आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक स्थितिमा आधारित रहेर विकास गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले पश्चिमा मुलुकहरुको मोडलबाट नेपालको आर्थिक विकास हुन नसक्ने बताए ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले भने, ‘मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउनुपर्छ ।’

खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने बताए ।