धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार राईको अग्रता कायमै

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार उनले १३ हजार ६३१ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत परेको छ ।

यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाले १३ हजार ६६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत पाएका छन् ।