थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर २१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २४८ जनामा गरिएको परीक्षणमा २१ जना संक्रमित भेटिएका हुन्।

आज ८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा मात्रै ४५ जना रहेका छन्।​ हाल देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।